हिउँदे वर्षा औसतभन्दा बढीः आज केही ठाउँमा भारी वर्षा हुने


माघ २५, काठमाडौँ । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर पर्नेछ । शुक्रबार राति पनि केही पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको