दाङमा बस र कार ठोक्किदा एकको मृत्यु, सांसद वलीसहित १६ जना घाईते


माघ २५, दाङ । दाङमा बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन्।

घोराही–लमही सडक खण्डको मुसोट खोला नजिकै भएको दुर्घटनामा परि रूकुम पश्चिमको खलंगा नगरपालिका वडा नं. २ मुसिकोट निवासी अन्दाजी २७ बर्षीया रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बुटवलबाट गृह जिल्ला आउँदै गरेका दाङ क्षेत्र नं. ३ को प्रदेससभा २ बाट निर्वाचित सांसद वली सवार गाडि र घोराहीबाट लमही जाँदै गरेको गाडि घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटको चिसापानीनजिक बेलुकी पांच बजेतिर एक एकआपसमा ठोक्किदा प्रदेशसभा सदस्य वली गम्भीर घाईते भएका छन् ।

घोराहीबाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बस र वली सवार बा १८ च ६८३६ नम्बरको कार एकआपसमा ठोकिदा वलीको टाउको र खुट्टामा गम्भीर चोट लागेको दाङ प्रहरीले जनाएको छ ।

गम्भीर घाईते वलीलाई फ्लोरेन्स अस्पताल लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।
सांसद वलीको गाडिमा सवार अर्का एक जनापनि घाईते भएका छन्, भने बसमा सवार १५ जनामध्ये एक जनाको मृत्यु भएको र अन्य १४ जना घाईते भएका छन् । उनीहरुको अबस्था सामान्य रहेको छ ।

२०७५ माघ २५,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको