बाग्लुङमा गोठमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु


पुस २४, बागलुङ । बाग्लुङको एक गोठमा आगोलागी हुँदा ३ जना बालबालिकाहरुको जलेर मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका ४ का यामबहादुर खत्रीको गोठमा भएको आगोलागीले स्थानीय दिलबहादुर घर्तीकी ६ वर्षीया छोरी ऋतु घर्ती र ४ वर्षीया छोरी आयुस्मा घर्तीको मृत्यु भएको हो । त्यस्तै स्थानीय रुद्रबहादुर रोकाको ६ वर्षकै छोरा रनिश रोकाको पनि मृत्यु भएको प्रहरीले बतायो ।

मंगलबार साँझ आगो फुकेर ताप्ने क्रममा गोठमा सल्केको स्थानीयले बताए । बालबालिका मात्र रहेको बेला गोठको उपल्लो तलामा राखिएको पराल जल्न थालेपछि बालबालिका पनि जलेको देखिएको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए ।

आगो निभाउन आएका स्थानीयले उनीहरु घटनास्थलमै मृत्यु भइसकेको देखेको जानकारी गराएका थिए । प्रहरी चौकी घुस्मेलीको टोली घटनास्थल पुगेको थियो ।

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको