दाङमा कुवामा परेर पोथी चितुवाको मृत्यु


पुस २४, दाङ । दाङ दंगीशरण गाउँपालिका वडा नम्वर २ रानीबनमा कुवामा परेर एक पोथी चितुवाको मृत्यु भएको छ ।

स्थानीय हिरासिङ पुनको जग्गामा सिंचाइको लागि बनाइएको कुवामा खसेर उक्त चितुवाको मृत्यु भएको जिल्ला वन डिभिजन कार्यालय दाङले जनाएको छ । वन कार्यालयका सुचना अधिकृत खिमुप्रसाद केसीका अनुसार लोपउन्मुख प्रजातीको उक्त चितुवा विश्व मै सबै भन्दा धेरै दौडिने गर्दछ ।

उनका अनुसार पुच्छरबाट नाप्दा करिव ५.९ इन्च, पछाडीबाट २३, अछाडीबाट २२ इन्च अग्लो रहेको छ भने उसको करिव २५ केजि तौल रहेको अनुमान गरिएको छ । उक्त चितुवालाई जनप्रतिनीधि, सुरक्षा निकाय र बन कर्मचारीको रोहवरमा बन कार्यालय परिसरमा गाडिएको छ ।

कुनै सिकारको पछि दौडिदा रातको समयमा उक्त चितुवा इनारमा खसेको हुन सक्ने प्रहरीले बताएको छ ।

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको