दाङमा एक पुरुष मृत भेटिए


पुस २४, दाङ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ३ पाटेटाकुरा निवासी अन्दाजी ४२ बर्षिय डम्बर के.सी. मृत फेला परेका छन् ।

गत २२ गते आईतवार दिउँसो ४ वजेतिर घरबाट निस्किएका केसी २३ गते सोमवार ८ वजेतिर रातल स्थित तेज बहादुर आलेको तोरिबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घटना भएको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय खिलतपुरवाट खटिएको प्रहरी टोलि घटना स्थलमा पुगेर अनुसन्धान गर्दा आईतवार राती मादक पदार्थ सेवन गर्नुका साथै प्रेसरको औसधी सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

उक्त शवको पोष्टमार्टम पछि मृतकका दाई मान बहादुर के.सी.ले बुझिलिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको