‘राउटे सुन्दरी’ अनि नमेटिएकाे खुल्दुली !


रेश्मा बुढा क्षेत्री । खै ! कसरी सम्वाेधन गरूँ तिमीलाई निर्दाेष निष्कपट वा याे आधुनिक संसारमा साक्षातकार नभएकाे । कसरी दिउँ तिम्राे परिचय मानव जातिकै एक लाेपाेन्मुख जाति भनेर । १० वटा लाेपाेन्मुख समुदायमध्ये तिम्राे जस्ताे अवस्था, परिवेश तथा दैनिक व्यवहार अन्य जातिहरूले भाेग्नु परेकाे छैन ।

जव तिम्राे मयल परेकाे हिस्सी अनुहार, कहिले नकाेरिएकाे जगल्टीएकाे कपाल, च्यातिएर दाग लागेका महिला पहिरन तथा ति परम्परागत गरगहनामा सजिदा, लाग्छ तिमी कुनै सुन्दरी भन्दा कम छैनाैँ, तथापि, प्रस्तुतिकरणकाे उचित अवसरकाे अभावमा तिमी यसरी जङ्गलमा कन्दमुल र भ्याकुर खाएर जङ्गली जीवन जीउन बाध्य छाै ।

२१ औँ शताब्दीकाे विश्व एकाकार भएकाे विश्वव्यापीकरणकाे सन्दर्भमा तिमी किन यसरी ढुङ्गे युगकाे परिवेशमा जीवन निर्वाह गर्न बाध्य छाै ? साच्चै ! के तिमीलाई अन्य सामान्य मानव जातिका महिलाले जस्तै सेवा सुविधा प्राप्त गर्ने, शिक्षा, स्वास्थ्य तथा पेशा व्यवसाय अङ्गालेर सरर गाडी र प्लेन चढ्न मन लाग्दैन ?

के तिमीलाई आफुले खाेजेजस्तै राेजेजस्तै परिवार र वर चाहिदैन ? विविध आर्थिक, सामाजिक, राजनीतिक जस्ता विकासका आयामहरूमा आफ्नाे पहुँच, पहिचान, सार्थक सहभागिता चाहिदैन ? के तिमीले भाेगेकाे जीवन तिम्रा भावी पिँडीलाई भाेग्न दिन्छाै ? साँच्ची के तिमी परिवर्तन चाहदैनाै ?

जब मैले राउटे जातिका दिदी बहिनीहरूसँग प्रत्यक्ष भेट्ने माैका पाँए, तव मेरा मनमा यस्ता अनेकन जिज्ञाशाहरू मनमा खेलिरहे । जिज्ञाशाहरू मेटाउने अनेकन प्रयत्न गर्दा पनि म सफल हुन सकिन ।

नेपाली समाज पुरूषप्रधान समाज भएकै कारण राउटे जातीमा पनि त्यहि सामाजिक परिपाटीको स्वरूप देखियाे । महिलाहरू जवाफ दिन अग्रसर नभए पनि मेरा केही जिज्ञाशा मेटाउने प्रयास गरे । राउटे दाजुभाईहरुले, तथापि, मेरा खुल्दुलीहरूकाे जवाफ पूर्ण रुपमा पाउन सकिन । ति कलिला मुनाहरूलार्इ देखेर माया र दयाले मनै पग्लीयाे ।

मलाई लाग्याे यनीहरूलाई उचित लालनपालन र शिक्षा दिएकाे भए कस्ता हुन्थे हाेला ? तर के गर्ने उनीहरू जङ्गली जीवनमा रमाउन अभ्यस्त भइसकेका रहिछन ? याे दुनियाकाे चासाे र खाँचाे दुवै छैन जस्ताे व्यवहार देखाइरहेका थिए । अनेकन कुपर्था र कुरीतिहरू विद्यमान रहेकाे पाइयाे ।

राउटे महिलाले परपुरूषसँग बाेल्न नपाउने, सिलाएकाे कपडा लगाउन नहुने, कपाल काेर्न र श्रृङ्गार गर्न नहुने काेही समूहबाट छुट्टिएर गएमा सबै मिलेर उसलाई सजाय दिने, जस्ता परम्परागत साेच र कार्यशैली अपनाइएकाे पाइयाे ।

तर, महिलाकाे तुलनामा पुरूषहरू बिस्तारै परिवर्तन हुँदै गएका हुन कि भन्ने भान पनि भयो । जस्तै बजारकाे टाेपी, काेट लगाउने आफ्ना माग राख्ने, नाचगान र कार्यक्रममा सहभागिता जनाउने जस्ता कार्यमा सम्लग्न थिए।

राउटेहरूकाे सभ्य समाज निर्माण र उत्थानका लागि सरकारी गैर सरकारी संघसंस्थाहरूले विभिन्न समयमा धेरै प्रयासहरू गरेकाे देखियाे । तर, ती दिर्घकालिन सुधारका लागि नभई तत्कालिन आवश्यकता पूर्तिकाे लागि भएकाे देखियाे ।

राउटे समुदायकी युवतीहरु । सुधारका लागि प्राप्त आर्थिक सहयाेग रकम मद्यपान र धुम्रपानकाे उपयाेगमा खर्चेकाे पाइयाे। पैसा छाेए पाप लाग्छ भन्ने जाति उनीहरूलाई गर्न लगाएका क्रियाकलाप बापत पैसा नभई बाेल्न पनि नबाेल्ने अवस्थामा पुगि सकेकाे छन् ।

जङ्गलकाे फिरन्ते जीवन व्यतित गर्दै गुना र कन्दमूल खाने काठका भाडा बनाई बेच्ने जाति, बिस्तारै कुलत र शहरीया खानेकुराहरू खानेतर्फ प्रेरित भइरहेकाे देखिन्छ ।

अन्त्यमा, तत्कालिन न्युनतम आवश्यकता साथसाथै उनीहरूकाे उज्जवल भविष्यकाे लागि आवश्यक पर्ने नीति, याेजना तथा कार्यक्रमहरु सञ्चालन तथा व्बस्थापन गरी कार्यन्वयन गर्नुपर्दछ । वित्तिय सहयाेग मात्र हाेइन, सामाजिक, राजनीतिक, शैक्षिक र मानव विकासमा टेवा पुर्याउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।

लेखक: शाखा अधिकृतमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा कार्यरत हुनुहुन्छ ।

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको