भ्रष्ट भन्दै मेयरलाई विप्लव नेकपाले कालोमोसो दल्यो


पुष २४, प्युठान । नेत्र बिक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेकपाले एक नगरपालिका प्रमुखलाई कालो मोसो दलेर कारबाही गरेको छ । प्युठान जिल्लाकै सबै भन्दा भ्रष्ट मेयर भएको जनाउदै स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई नेकपाले कालोमोसो लगाएको छ ।

आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको आरोप लगाइएको छ ।

यस्तै संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वारलाई नियुक्त गरेको भन्दै जनकारबाही स्वरुप कालोमोसो दलेको बताइएको छ ।

मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरीक प्रेस विज्ञप्तिमा रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ । भ्रष्टचारीहरुलाई कारबाही गर्न अझै चरणबद्ध कार्यक्रमहरु रहेको समेत नेकपा प्युठानले बताएको छ ।

हेर्नुहोस बिज्ञप्ति:

 

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको