पत्रकार विकको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दिप्रत्यक्षीकरण रिट दायर


पुष २४, काठमाडौं । पक्राउ पत्रकार गणेश बिकलाई रिहा गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण रिट दायर भएको छ । पत्रकार जितेन्द्र महर्जनद्वारा बिकको रिहाइको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका हुन् ।

उक्त रिटमाथि बहस भाेलि बुधबार हुने भएको छ ।

दुर्गम बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔषध कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर गत पुस १९ गते चैनपुरबाट प्रहरीले विकलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई गत शनिबार दुर्गम बझाङबाट काठमाडौंल्याई महानगरिय प्रहरी परिसर, टेकुमा राखिएको छ । उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतबाट म्याथ गरी हिरासतमा राखिएको थियो ।

पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आइरहेका थिए । प्रकाशित समाचारबारे चित्ता नबुझे वा पीडित पक्षले कानूनी उपचारको बाटो अपनाउन चाहेको खण्डमा सरकारको आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल अस्तित्व रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर कानून उल्लंघन गरेको भन्दै चौतर्फी विरौध जारी रहेको छ ।

हेर्नुहोस निबेदन:

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको