१२ बर्षीय आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ


पुस २३, काठमाडौं । आफ्नै छोरीमाथि जवर्जस्ती करणी गर्ने स्याङजाका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

१२ वर्षीया बालिका छोरीलाई ति बाबुले विगत दुई वर्षदेखि जवस्र्जस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ।

कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएर अनुचित व्यवहार गर्दै आएका उनले यही पुष १४ गते राती पनि जवर्जस्ती गर्न खोजेका थिए। तर छोरीले प्रतिकार गरेपछि बालिकाको शरीरमा तातो कुँडो खन्याइदिएका छन्। त्यसपछि घटना बाहिर आएको हो।

प्रहरीले पिडकलाई ज्यान मार्ने उद्योग र जवर्जस्ती करणीमा स्याङ्जा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भै रहेको जनाएको छ।

२०७५ पुष २४,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको