भ्रमण वर्षको सन्दर्भमा कर्णाली स्वागत द्वार उद्घाटन

दाङ सल्यान सडक तुरुन्तै स्तरोन्नती हुन्छ: मन्त्री ज्वाला


मङ्सिर २१, सल्यान । नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा सल्यानमा कर्णाली प्रदेश स्वगत द्वारको उद्घाटन गरिएको छ ।

जिल्लाको कपुरकोटमा निर्माण भएको स्वगत द्वारको शनिबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र गाउँपालिका राष्ट्रिय महासंघ कर्नालिका अध्यक्ष भिम बहादुर सेनले संयुक्त रुपमा उद्घाटन गरेका हुन । संबिधान सभा सदस्य रहदा सांसद प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार बिकाश कार्यक्रमको ६ लाख र कर्णाली सरकारको १० लाख रुपैयाँ गरि जम्मा १६ लाख रुपैयाँको लागतमा स्वागत गेट निर्माण भएको निर्माण समितिका अध्यक्ष भुवनेश्वर गौतमले जनाए । उक्त रकम मध्यबाटै गेट नजिक प्रतीक्षालय समेत निर्माण गरिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले सडक , विद्युत, खानेपनी, बिद्यालय भवन, कृषिको क्षेत्रमा काम भैरहेको बताए । उनले कपुरकोटमा केही ठुला योजना गाउपालिका संग मिलेर गर्न लागिएको बताए । कर्णाली प्रवेश गर्ने मुख्य दुई नाका बबै र कपुरकोट रहेको जनाउदै अर्थमन्त्री ज्वालाले कपुरकोट क्षेत्र वेमौषमिले पनि प्रख्यात रहेकोले धेरै मानिसहरु यहि नाका भएर साविकको कर्णाली सम्म पुग्न सक्ने बताए ।

यस्तै गाउपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष सेनले यो समय तिनै तहका सरकार मिलेर तिब्र गतिमा बिकास गर्ने समय भएको बताए । उनले कपुरकोटमा निर्माण गरिएको स्वागत द्वारमा कोरिएका तस्विरले सल्यान जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थलहरुको प्रचारमा टेवा पुर्याएको उल्लेख गरे ।

शंकर केसिले सहजीकरण गरेको कार्यक्रममा पुर्व जिल्ला बिकास सभापती उदय बोहोरा, कपुरकोट गाउकार्यपालिका सदस्य ठकबिर बिक लगाएतले मन्तव्य राख्दै बिकासमा विभेद हुन नहुने र कुनै पनि बिकास दुगो हुनुपर्ने बताएका थिए ।

यसैबीच कपुरकोट रिम सिनवाङ सडक अन्तर्गत घट्टेखोला रिम सितल बजार सम्म फराकिलो बनाएको सडकको पनि शनिबार नै उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक फराकिलो बनाउन एक करोड रुपैयाँ बिनियोजन गरेको थियो । यस्तै मन्त्री ज्वालले त्रीवेनी गाउपलिकाको सल्लेखोलामा निर्माण भएको सहकारी भवनको पनि उद्घाटन गरेका छन ।

दाङ सल्यान सडक तुरुन्तै स्तरोन्नती हुन्छ: मन्त्री ज्वाला

यसैविच कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले राप्ती लोक मार्ग अन्तरगत दाङ सल्यान सडक खण्ड छिट्टै स्तरोन्नती हुने बताएका छन । यस अघि तुलसिपुर देखि सल्यान सम्मको सिमा सम्म ४९ करोड र सिमाना देखि सल्यान तर्फको भागमा ४९ करोडको टेण्डर आह्वान भएको तर टेण्डर आह्वान गर्ने मन्त्रालयको गल्तिको कारन टेन्डर रद्द भएको जनाउदै उनले अब फेरि छिट्टै टेण्डर हुने बताए । यस बारेमा संघिय सरकारको अर्थ, भौतिक मन्त्रालय संग र सडक बिभाग संग कुरा गरिएको जनाउदै ज्वालाले सडक व्यबस्थित गरेरै छाड्ने दाबी गरे ।

यस्तै कर्णालीको राजधानी जोड्ने दुई सडक पनि यसै बर्ष देखि काम हुने बताए । सल्यान खलंगा देखि कुपिण्डे हुँदै बालुवासंग्रही जोड्ने सडकमा संघ बाट ५ करोड र प्रदेश बाट ४ करिड बिनियोजन भएको बताए । यस सडकमा केही काम पहिले नै भै सकेको पनि बताए । ज्वालले सुर्खेत जोड्ने अर्को मुख्य सडक लुहाम देखि काभ्रा हुँदै कालिमाटी सडकमा पनि एउटा ११ करोड र अर्को १० करोडको टेण्डर भैसकेको बताए । यो सडकले कपुरकोट, छत्रेश्वरी र त्रीवेणी गाउपालिकालाइ बिशेश फाइदा पुर्याउने बताए ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको