नेपालसँग हारेपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त


मङ्सिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णको दौडबाट पछि परेको माल्दिभ्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बर्खास्तमा परेका छन् ।

मुख्य प्रशिक्षक पिटर सेगर्टलाई माल्दिभ्स फुटबल एसोसियसनले शनिवार बर्खास्त गरेको हो । सागमा पुरुष फुटबल टोलीले राम्रो प्रदर्शन गर्न नसकेपछि माल्दिभ्सले प्रशिक्षक पिटरलाई बर्खास्त गरेको हो ।

माल्दिभ्स फुटबलले सामाजिक संजाल ट्वीटरबाट प्रशिक्षक पिटरसँगको सम्झौता तोडेको जनाएको छ ।

शनिबार भएको खेलमा माल्दिभ्स नेपालसँग २–१ गोल अन्तरले पराजित भएको थियो । नेपालसँग पराजित भएको केही समयपछि नै पिटर बर्खास्तीमा परेका हुन् ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको