अनन्त तामाङको गोलमा दोस्रो हाफमा नेपालको अग्रता


मंसिर २१, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स विरुद्ध जारी खेलको दोस्रो हाफमा दोस्रो गोल थपेर अग्रता लिएको छ ।

खेलको ५१ औं मिनेटमा कर्नरलाई सदउपयोग गर्दै अनन्त तामाङले हेडिङमार्फत सुन्दर गोल गरेका थिए । खेलको सुरुवाती चरणमा पछिपरेको नेपाल कम्ब्याक गरेको छ । खेल निकै प्रतिष्पर्धा भैरहेको छ ।

नेपालका लागि पहिलो हाफअघि अभिषेक रिजालको गोलले बराबरी भएको थियो । पेनाल्टी क्षेत्रको ठिक बाहिर बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको हाफ भली प्रहार गोलमा परिणत भएको थियो ।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको