नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा सुरु


काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा सुरु भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भैरहेको छ। आज माल्दिभ्सविरुद्ध जित निकाल्दै फाइनल पुग्ने दाउमा नेपाल छ। चार अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपालले २ खेलमा ४ अंक जोडेको हो।

नेपालले यस अघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग अतिरिक्त समयको गोलले १–१ को बराबरीमा रोकिएको थियो।

लिग चरणको अन्तिम खेल बंगलादेशसंग खेल्न बाँकी नै छ। आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्ने छ। नेपालको नेतृत्व सुजल श्रेष्ठले गरेका छन्।

२१ मंसिर २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको