चलचित्र निर्माता गोविन्द शाही पक्राउ


कात्तिक २१, काठमाडौं । चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाहीलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानको बताए ।

एसपी प्रधानका अनुसार शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ । गोविन्द्र शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् । शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए ।

फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए । यसअघि पनि पक्राउ परेका उनी तत्कालीन अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका थिए ।

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको