आलमको थुनछेक बहस सकिएन, बिहीबार पनि प्रहरी हिरासतमै रहने


कात्तिक २१, काठमाडौं । १२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम वि’स्फोट गराएर मान्छे मा’रेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमको थुनछेक बहस आज सकिएन ।

रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई थुनामै राखेर मु’द्दाको पुर्पक्ष (मुद्दाको सुनुवाई प्रकृया) अघि बढाउने कि थुनाबाहिर राखेर भन्नेबारे आज बहस सुरू भएको थियो ।

रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधीवक्ता अर्जुन प्रसाद कोइराला गरी तीन जनाको बहस सकिएको छ । भोलि फेरि तीन जनाको बहस हुने सरकारी वकिल खडिन्द्र कटुवालले जनाए ।

जाहेरीवालाहरूको तर्फबाट सकिएपछि आलमको वकिलहरूको बहस सुरू हुन्छ । जाहेरीवालाहरूतर्फबाट अधिवक्ता पुष्प पौडेल, ओमप्रकाश अर्याललगायतले बहस गर्नेछन् ।

त्यसपछि आलमका तर्फबाट वकिलहरूले बहस गर्नेछन् । बहस सकिएपछि आलमलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने कि थुनाबाहिर राख्ने अदालतले निर्णय गर्नेछ ।

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको