भारतीय हस्तक्षेपको विरोधमा कैलालीका क्रान्तिकारी विद्यार्थीहरुले गरे प्रदर्शन


कात्तिक २१, कैलाली । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौले कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरुले कैलालीको अत्तरियामा भारतीय विस्तारवादी हस्तक्षेपको विरोधमा चर्काे नाराबाजी र वक्तव्यबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुले देशको स्वाधीनता, सार्वभौमिकता र अखण्डता बचाउन रगत बगाउनु परे पनि पछि नहट्ने उद्घोष गरेका छन् । विरोध प्रदर्शनपछिको संयुक्त कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष पुस्कार जोशीले भने, “राष्ट्रियता गम्भीर संकटमा छ, आफ्नो स्वाभिमान गुमाउने अवस्थामा नेपाल पुगेको छ, राष्ट्रियता बिरुद्धको नाङ्गो हस्तक्षेपका विरुद्ध अखिल क्रान्तिकारी रगतको खोलो बगाउन पनि तयार छ ।”

राष्ट्रियता गम्भीर संकटमा रहेको बेला हरेक नेपाली त्यसमा पनि क्रान्तिकारी विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने अध्यक्ष जोशीले बताए

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको