भारतले भूमि मिचेको विरोधमा रोल्पामा प्रदर्शन [फोटोफिचर]


कात्तिक २१, रोल्पा । नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा गाभेको भन्दै रोल्पामा प्रदर्शन गरिएको छ ।

सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने प्रदर्शनकारीले माग गरे । बिहीबार बिहान यहाँ स्वस्फूर्त रुपमा विरोध प्रदर्शन गरिएको हो । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग गरे ।

जिल्लाको सदरमुकाम लिबाङ टुडिखेलबाट निस्किएको नागरिक अगुवाहरुको विरोध प्रदर्शन मुख्य बजार हुँदै बीच बजार पुगेको थियो । बालकल्याण उच्च माध्यमिक विद्यालयबाट स्वस्फूर्त आएको सयौं विद्यार्थीले सात्ताले खोलाबाट नाराजुलुश गर्दै बजार प्रवेश गरेका थिए ।

बीच बजारबाट दुवै प्रदर्शनकारीको विरोध र्‍याली टुडिखेलमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई विद्यार्थी नेता शेरबहादुर थापा र आलोक पुन, नागरिक अगुवा घनश्याम आचार्य, पत्रकार महासंघको संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगरले सम्बोधन गरेका थिए ।

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको