फागुनसम्म तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी


कात्तिक २१, काठमाडौं । वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महिनाभित्र तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।

दुई वाइड बडी जहाज पूर्णरुपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्म जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्बद्ध मुलुकले उडान अनुमति दिनासाथ निगम उड्न तयारी अवस्थामा रहेको दाबी गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

२१ कार्तिक २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको