साउन २२, काठमाडौं । आज (बुधबार) बिहानै काठमाडौंको माइतीघरमण्डलमा शंकास्पद वस्तु फेला परेको छ।
महानगरीय प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका-११, माइतीघरमण्डलास्थित सेन्ट जेभियर्स कलेजअगाडि बिहान ६ बजेतिर शंकास्पद वस्तु फेला परेकाे हो।
जुन नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षिति रूपमा डिस्पोज गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। तर उनले बम हो कि के हो स्पष्ट पारेनन्।
‘शंकास्पद वस्तु हो, केही तारहरू थिए, कसैले तर्साउन राखेको जस्तो देखिन्छ,’ डीएसपी बोगटीले भने, ‘बिहान ८ बजे नेपाली सेनाले निष्क्रिय पारिसकेको छ।’
उक्त वस्तु राति नै कसैले राखेको हुन सक्ने उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस