नारकीय जिबन बिताइरहेकी रोल्पाकी पुर्वलडाकु निर्मलाको उद्दार


जेष्ठ २४, रोल्पा । बिगत आठ बर्षदेखि बिरामीले थलिएकि रोल्पा त्रिवेणी-५ जुँगार जबरकोटकी ३२ बर्षिया पुर्वलडाकु निर्मला विक ‘साधना’लाई उपचार तथा अन्य सहयोगका लागि मानवसेवा आश्रमका स्वयंमसेवकले उद्दारगरि बुटवल लगेका छन् ।

रोल्पाका पत्रकार दिनेश सुबेदीले नागरिक दैनिकमा ‘नारकीय जिबन बिताउदै पुर्वलडाकु’ शीर्षकमा समाचार प्रकाशन भएपछी महिला तथा बालबालिका मन्त्रालयका सहसचिव वीरबहादुर राई समेतको समन्वयमा साधनालाई उद्दारगरि बुटवल लगिएको हो ।

‘हिजो देशका लागि लडेकी मान्छे आज मृत्युसंग लडिरहेको संचार माध्यामहरुले पनि महत्वका साथ् प्रकाश गरेपछि उनको दर्दनाक कथा र अबस्थाले सोच्न हामीलाई बाध्य बनायो’ महिला तथा बालबालिका मन्त्रालयका सहसचिव बीरबहादुर राइले भने, हामीले रोल्पास्थित स्थानीय प्रशासन, स्थानीय तह र मानासेवा आश्रमसंग समन्वय गरेर रेस्क्यु गरेका छौ । उहाँलाई थप उपचार र अन्य आबस्यक सहयोग गर्न मन्त्रालय तयार छ’ नागरिक दैनिकमा समाचार छ ।

निर्मलालाई थप उपचार गर्न र पुन: स्थापनाका लागि बिहिबार बुटवल लागेका हुन् । बसेकै थानमा दिशापिसाब गर्ने मानसिक रुपले विछिप्त निर्मलाको जलेको खुट्टा गनाउन थालेपछि उनलाई ३ बर्षयता बाख्राको खोरमा रखिएको थियो ।

घरबाट बाख्राको खोरमा सारिएपछि निर्मलाको दिन चर्या नारकीय बनेको थियो ।

उनका पति पूर्वान बिक ‘प्रभाकर’ संग माओबादि क्यनटोनमेन्टमै रहदा निर्मलाको बिबाह भएको थियो । अयोग्य लडाकुको सुचिमा परेका प्रभाकरले निर्मला बिरामी भएपछि वास्ता नगरी दोश्रो बिहेगरेका थिए । उनि अहिले कामको सिलसिलामा भारतमा बस्दै आएका छन् ।

मानवसेवा आश्रमले उनलाई उपचारपछि परिवारमै पुनर्मिलन गराउने बताएको छ । ‘हामीले सडकमा रहेका, समस्यामा परेका, मानसिक समस्याले पिडित असाहय र अलपत्रमा परेकाहरुलाई सेवा दिंदै आएका छौ’ आश्रमका सुमन बड्तौलाले भने, २०८२ सालसम्म देशलाई सडक मानवमुक्त बनाउने उदेश्यले हाम्रो अभियान चलिरहेको छ, सरोकारवाला सबैको सहयोग पाइए हामी सजिलै लक्ष्यमा पुग्न सक्छौ ।

आठ बर्षसम्म नारकीय जिबन बिताउदै आएकी पुर्वलडाकु निर्मलाको उद्दारपछी त्रिवेणी गाउँपालिका प्रमुख शान्तकुमार वलीले खुसि व्यक्त गरे । ‘हाम्रो गाउँकी असाहय चेलीलाई मानबसेवा आश्रमका स्वयंमसेवकले उपचारका लागि लगेका छन्’ वलीले भने, आशा छ उनि चांडै निको भएर घर फर्किने छन् र सामान्य जिबन बाँच्न सक्षम हुनेछिन’

(पत्रकार दिनेश सुबेदीले नागरिक दैनिकमा लेखेको समाचारलाई रेफ्रेन्स बनाएर विभिन्न संचार माध्यामहरुले महत्वका साथ् समाचार प्रकाशन गरेथिए)

यो पनि पढ्नुहोस
नारकीय जीवन बिताउँदै रोल्पाकी पूर्वलडाकु निर्मला

२४ जेष्ठ २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको