सर्वोच्चको आदेशमा रिहा भएलगत्तै नेता जीवन्त अदालत परिसरबाटै पुनः पक्राउ


फागुन २४,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

सर्वोच्च अदालतले रिहा रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्टि नभएको भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो ।

नेता कार्की्विरुद्ध संखुवासभामा अर्को मुद्दा भएको भन्दै पुनः गिरफ्तार गरिएको प्रहरीले बताएको छ । उक्त मुद्दामा अनुसन्धान गर्नु पर्ने भएकाले गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए ।

संखुवासभाबाट पत्र प्राप्त आएकोले गिरफ्तार गरिएको भन्दै प्रहरीले संखुवासभा लैजाने तयारी गरेको छ । नेता जीवन्तलाई यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत मुद्दा लगाएको थिए ।

अदालतले उक्त आरोप पुष्टि नभएको बताउँदै रिहा आदेश दिएको थियो । तर संखुवासभामा भने प्रहरीले कार्की्विरुद्ध हातहतियार तथा खरखजना मुद्दा अगाडि बढाउने तयारी गरेको छ ।

२४ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको