धनुषामा ३ वटा सुतली बम विस्फोट


चैत २४, जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका –५ मा खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विष्फोट भएको छ ।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार साँझ उक्त सुतली बम विष्फो भएको हो । वडा कार्यलयभन्दा ५ सय मिटरको दुरीमा रहेको खेतमा बम बिस्फोट भएको इन्सपेक्टर यादवले जानकारी दिए ।

उनका अनुसार खेतमा ट्याक्टरले जोतिरहेको बेला ट्याक्टर बम गाडिएको ठाउँ हुँदै गुज्रिएको बेला विष्फोट भएको उनले बताए ।

इप्रकाले जनाएअनुसार ज१त ९८८२ नम्बरको ट्याकटरले खेत जोतिरहेका बेला बम विष्फोट भएको थियो ।

बम कमसल रहेकोले बिस्फोटबाट कुनै क्षति नभएको र यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

२४ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको