प्रि–मनसुनले किन दिँदैछ वर्षाकै झल्को ?


चैत २४, काठमाडौं । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताए । ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उनले भन्नुभयो– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताए । उच्च वायुमण्डलमा रहने यस्तो रेखाले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पु¥याएर पानी पार्ने प्रकृतिको बादल बन्न सहयोग पु¥याउँछ ।

त्यस्तो प्रभावले फराकिलो भूगोललाई समेट्ने प्रकृतिको भएमा ‘रेखा’ र सीमित क्षेत्रमा प्रभाव पार्ने प्रकृतिको भएमा ‘क्षेत्र’ भन्ने गरिन्छ । शनिबार न्यून चापीय रेखाको प्रत्यक्ष प्रभाव मुलुकको पूर्वी, मध्यभागमा परेको थियो भने अपरान्ह्रपछि पश्चिमी भू–भागतर्फ पनि सरेको थियो

२४ चैत्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको