सत्तारुढ दल नेकपा रोल्पाले निकाल्यो गाउँपालिकाको गाडी आगजनीबारे यस्तो विज्ञप्ती


फागुन २३, रोल्पा । रोल्पामा दुई गाउँपालिका अध्यक्ष चढ्ने गाडीलाई लक्षित गरी मंगलबार मध्यरातमा आगजनी तथा तोडफोड घट्नाको भत्र्सना गर्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) रोल्पाले प्रेस विज्ञप्ती जारी गरेको छ ।

जिल्ला एकता कार्यदलद्वय सदस्य सुरेन्द्र थापा घर्ती र हरिप्रसाद घर्तीद्वारा हस्ताक्षरमा कम्युनिष्ट पार्टी (ने.क.पा) रोल्पा जिल्ला पार्टीले ती दुई घट्नाको घोर भत्र्सना गर्दै उक्त प्रेस विज्ञप्ती जारी गरेको हो ।

गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री चढ्ने गाडी भे १ ज २७८५ नम्बरको बोेलेरो गाउँपापिलका–४ नं. वडा स्थित म्वाले खोलामा पार्किङ गरी राखेको समयमा अज्ञात समूहले आगजनी गरी ध्वस्त पारेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै सोही राती नै त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली चढ्ने गाडीलाई पनि गाउँपालिकाको हातभित्र आगजनीको क्रममा ढुङ्गा प्रहार गरी सिसामा क्षति पु¥याएको छ ।

‘यि दुई घट्नाहरुको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) रोल्पाले घोर भत्र्सना गर्दछ’, जारी विज्ञप्तीमा भनिएको छ । साथै यस्ता घट्नाहरू घटाएर स्वतः आतंक सिर्जना गरी समाजमा अशान्ति मच्चाई समृद्ध नेपाल र सुखी नेपालीहरुको सपनालाई असफल बनाउन खोज्ने अपराधिक समूहलाई प्रशासनले अविलम्ब नियन्त्रणमा लिई जिल्लामा शान्ति सुरक्षा कामय गर्न माग गरेको छ ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको