कपिलबस्तु घटनाबारे नेकपाले भन्यो ‘प्रहरीले आफ्नो हतियार थमाइदिएर फसाउने षड्यन्त्र गर्यो’


फागुन, २३ कपिलबस्तु । कपिलबस्तुको शिवगढी अप्रेशनमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाइ प्रहरीले हतियार सहित पक्राउ गरेको झुटो भएको जनाएको छ । बरामद गरिएको हतियार आफ्नो नभएको बताउदै प्रहरीले आफ्नो हतियार जबरजस्ती थमाएर फसाउने षड्यन्त्र गरेको आरोप लगाएको छ ।

ब्यूरो इन्चार्ज वीरजंगले विहीबार विज्ञप्ति जारी गर्दै, दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभएर पार्टीको नभएको बताएका छन् । सुतिरहेको बेला रोकालाई गिरफु्तार गरेर बीच बाटोमा हतियार थाइदिएर प्रहरीले गोली हानेको वीरजंगले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

स्थानीय दुर्गाबहादुर रोकालाई विहान बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गरिफ्तार गरी बीच बाटोमा जबरजस्त हतियार थामाईदिइ प्रहरीबाट नै उहाँको खुट्टामा गोली हानी घाइते बनाएको नेकपा कपिलबस्तुले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउदछौं । र यो घटना प्रहरीले आफ्नो हतियार जबरजस्त धमाई षड्यन्त्रमूलक ढंगबाट फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं ।’

इन्चार्ज विरजंगले सर्वसाधारणलाई षड्यन्त्रमूलक फसाउने प्रपञ्च भएको बताउँदै उक्त आरोप खारेज गर्न चेतावनी दिएका छन् ।

भगवानपुर निमाविका प्रअ यादव चन्दको घरमा प्रहरीले जबरजस्ती खानतलासी गर्न खोज्दा विद्यार्थी र स्थानीयले प्रतिरोध गरेको समेत विज्ञप्तिमा बताइएको छ ।

पार्टीका महासचिव विप्लवको घर र हिमाल बहादुर घर्तीको घर खानतलासी गर्दै स्थानीयले गरेको प्रतिरोधबाट प्रहरी पछी हट्न बाध्य भएको वीरजंगले बताइएका छन् । वीरजंगले स्थानीयले गरेको प्रतिरोधलाई साहसी भन्दै स्थानीयलाई धन्यवाद समेत दिएका छन् । सरकारले दमन गर्ने उद्देश्यले बास्तविकतालाई बंग्याएर नक्कली मुठभेडको बहाना बनाएको आरोप छ । उनले दर्गाबहारलाई विना सर्त रिहा गर्न माग गर्दै उत्पन्न हुने परिणामको जिम्मेवार राज्यपक्षले हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

हेर्नुहोस विज्ञप्ति:

 

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको