विप्लवको गाउँमा प्रहरीमाथि ढुंगामुडा, दुई प्रहरी घाइते


फागुन २३, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो ।

प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो । यादव चन्द विप्लवका भतिजा हुन् । सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयबासीले प्रहरीलाई ढुङ्गा प्रहार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

प्रहरीले शान्तिपूर्वक खानतलासी गरिरहँदा एक्‍कासीले विद्यार्थी र स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयले स्कूले विद्यार्थीसमेत ल्याएकाले आफूहरुले संयमता अपनाएको प्रहरीले जनाएको छ ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको