फागुन २३, कपिलवस्तु । प्रहरीको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् ।
शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार रोकाको खुट्टामा गोली लागेको बताएका छन् । प्रहरीले भने घटनाको अनिले पुष्टि गरेको छैन । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ । उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको जनाइएको छ ।
प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटनाकाे बारेमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस