दाङका अधिकाशं स्थानीय कार्यालयमा जिल्ला जनपरिषदद्वारा अनिश्चितकालीन तालाबन्दी


फागुन २३, दाङ । दाङका स्थानीय जनप्रतिनिधिहरुको कार्यालयमा जिल्ला जनपरिषद दाङले तालाबन्दी गरेको छ ।

फाइल तस्बिर

जिल्ला जनपरिषदले नेपाल कम्युनिस्ट पार्टीको नेता-कार्यकर्ताहरुलाई विनाकारण गिरफ्तार गरिएको, कार्यक्रममा रोक लगाइएको भन्दै जिल्लाका अधिकाशं गाउँपालिका, वडा कार्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरिएको नेकपा दाङले जनाएको छ ।

सहिद परिवार, बेपत्ता योद्धा परिवार घाइते तथा अपांग योद्धाहरुलाई अभिनन्दन कार्यक्रमबाटै नेपाल कम्युनिस्ट पार्टी दाङका सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे, जिल्ला सदस्य रुद्र वलीलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयको हिरासत राखी सार्वजनिक मुद्दा लगाएको छ ।

गिरफ्तार तीनै जनालाई रिहाइ नगरिएसम्म जिल्लाका सबै कार्यालयहरुका अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी जिल्ला जनपरिषद दाङले दिएको छ ।

फागुन २१ गते मात्र तुलसीपुरमा गरिएको सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग योद्धाहरुलाई अभिनन्दन कार्यक्रमबाटै दाङमा तीन जनालाई गिरफ्तार गरिएको छ । यस्तै रोल्पामा फागुन २० गते पनि ३ नेकपाका जिल्ला सदस्यहरुलाई गिरफ्तार गरिएको छ ।

शान्तिपूर्ण कायृक्रममा रोक लगाउनुका साथै निर्दोष नेताकार्यकर्तालाई गिरफ्तार धरपकड गर्ने, झुठ्ठा मुद्या लगाउने, नेताकार्यकताहरुको घर घरमा खानतलासी गर्ने, परिवारलाई आतकिंत पार्ने, कुटपिट गर्ने कार्य प्रहरी प्रशासनले गरिरहेको भन्दै हिजो गएराती २ वटा गाउँपालिका अध्यक्षको गाडी र डोजर ध्वस्त बनाएको थियो ।

अहिले राज्यले प्रहरी प्रशासन लगाएर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ता गिरफ्तार धरपकड गर्ने, झुठ्ठा मुद्या लगाउने, नेताकार्यकताहरुको घर घरमा खानतलासी गर्ने, परिवारलाई आतकिंत पार्ने र शान्तिपूर्ण हरेक राजनीतिक क्रायक्रममा रोक लगाइरहेको छ ।

२३ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको