ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छ: राष्ट्रपति


फागुन २३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

फाइल तस्बिर 

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको