‘मगर आफैमा गौरबशाली छ’


रेशम रोका मगर । नेपाली समुदायको भाषिक र सास्कृतिक पक्ष लाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ। नेपाली समुदाय यस दृस्ठिकोणमा धेरै समृद्धिशाली छ। कुनैपनी समुदाय भित्र यस्तो बिदिबत पाइनु गौरबशाली हुन्छ।

‘मगर’ त्यही बिबिध जनजाती भित्रको एक जाती हो। यस जातिको आफ्नै भेष भुसा र सास्कृतिक पक्ष छ। त्यसैले यो जाति आफैमा समृद्धि छ। समयको कालखण्ड सगै मगरहरुको अस्तित्व हाल आएर शोषितबर्गमा परिरणत हुनु दुर्भाग्यपूर्ण हो।

मगर इतिहास गौरबशाली भएता पनि हाल आएर शैक्षिक, आर्थिक राजनैतिक जस्ता बिकासका हरेक क्षेत्रमा पछाडि पर्नु समस्त मगर समुदायको लागि दु:खद लाग्दो विषय बनेको छ।

तर पनि कसैको घर कति ठूलो छ त्यो महत्त्वपूर्ण होइन। त्यस घरमा बस्ने मानिस कति सभ्य र खुशी छन भन्ने सबै भन्दा महत्त्वपूर्ण कुरा हो।

आज हामी २१औ शताब्दीको कुरा गर्छौ तर पश्चिमा मुलुकहरूको तुलानामा हामी १९औ शताब्दीमा छौ। समाजमा बिचलन, बिकृती, बिसगति, ब्यथिति, अराजकता, भस्ट्रचारले देश नै एक प्रकारको दास जस्तो देखिन्छ। नेपाली समाज र जनता दास उत्पीडन शोषित पीडित भएर कति दिन बाच्ने?

ब्यक्ती ब्यक्तित्वको उत्थान नभए सम्म समाजको उत्थान हुन सक्दैन । प्रत्येक समाजको उत्थान नभए सम्म रास्ट्रको समानुपातिक रुपले बिकास सम्भब छैन। त्यसैले कोहि ब्यक्तिको जीवन स्थर उठ्दैमा सबै नेपाली को जिबनस्तर उठ्ला र देशको सर्बाङ्गिय बिकास होला भनी सोच्नु फगत एउटा कोरा कल्पना मात्रै हो।

अधिकाश मगर समुदायहरु खेती किसानी गर्छ्न। घरमा गाई, भैसि, भेडा, बाख्रा, कुखुरा र सुँगुर पाल्ने गर्दछ्न। बिकट भेगका मगरहरु डोको, नाम्लो, गुन्द्री, चकटि, मान्द्रो र घामपानीबाट ओत लाग्न बासको चोया र ठुला ठुला पातले बुनेर बनाएको घुम (स्यागु) बुन्ने गर्दछन। यस्का साथै मगरहरु घर निर्माण कला खानीको काम ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु हुन्छन।

घर निर्माण र खेती किसानी अतिरिक्त सेनामा समेत मगरहरुको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरुमा मगरहरु सिर्जनात्मक अस्पताल, इन्जिनियरिङ, शिक्षाक्षेत्र, सुरक्षा, पत्रकारिता, कानुनी, बिकास निर्माण र राजनैतिक क्षेत्रहरुमा पनि पाइन्छ।

नेपालको विभिन्न आदिवासी जनजाति मध्येको एउटा प्रमुख जाती हो मगर । जनसंख्याको हिसाबले पनि यो मुलुक कै तेस्रो स्थान ओगटेको छ ।

इतिहासकै कालखण्ड देखि आजपर्यन्त आफ्नो स्वतन्त्र पहिचान सहित यो नेपाली समाजमा अस्तित्वशिल रहदै आएको छ। इतिहासकै विभिन्न कालखण्डहरुमा नेपाली भूगोलका अनेक छेत्रमा शासककै रुपमा स्थापित यो जाति आज भने आफ्नो मौलिक, बिशिस्ट, सस्कृती, सामाजिक जिबनशैली र मौलिक भाषाका कारण देशका अन्य जातिहरु को माझ स्वतन्त्र अनुहारमा परिचित हुनपुगेको देखिन्छ।

नेपालीको आदिवासी जनजाती मध्ये एउटा प्रमुख जातिको रुपमा रहेको यहि मगर जातिको एतिहासिक सास्कृतिक भाषिक र राजनैतिक सन्दर्भ समेतलाई समेटेर २०७१ सालमा मगर प्राज्ञिक समुह काठमाडौले एउटा महत्त्वपूर्ण अनुसन्धानमुलक कृति प्रकासन गरेको छ। ‘मगर’ जाति नामक प्रस्तुत कृतिलाइ यम बहादुर पुन र झकेन्द्र घर्ती मगरले सम्पादन गर्नु भएको छ।

मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाडिएको छ। कालीगण्डकी पुर्बको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र पाल्पा जिल्लामा बोल्ने मगर काईके मगर छुट्टाइएको छ।

गण्डकी पुर्ब लाई बाह्र मगरात र पश्चिम् लाई अठार मगरात भनेर चिनिन्छ।

(रेशम रोका मगर अर्घाखाँची हाल नेपाल मगर सघ शाखा कतार केन्द्रिय सदस्य नेपाल मगर सघ आजिबन सदस्य)

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको