सल्यानमा बन्दको अवज्ञा गरेको भन्दै ट्रक र जीप तोडफोड


फागुन २३, सल्यान । बन्दको अबज्ञा गरेको भन्दै सल्यान ट्रक र बोलेरो जीप तोडफोड गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले आज गरेको एक दिन बन्दको क्रममा सवारी चलाएको भन्दै सल्यखोलामा दुवै गाडी तोडफोड गरिएको छ । श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३३८ ट्रक र लु २ ख २७२५नम्बरको बलेरो जीपमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बन्दका कारण सल्यानमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन बन्द रहेका छन् । जसमा सवारीसाधन, शैक्षिकसंस्था, पसल, कलकारखाना ठप्प छन् ।

यता ठाउँ-ठाउँमा प्रहरी परिचालन गरेर स्कटिङको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गीरीराज भण्डारीले जानकारी दिए । अहिले गाडी तोडफोड भएको ठाउँमा इनिस्पेक्टर सहितको टोली खटिएको भण्डारीले जानकारी दिए ।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।

यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ । यी सबै नेता–कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग उनीहरुको छ ।

२३ फाल्गुन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको