त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने


फागुन २३, काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।

फाइल तस्बिर 

विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लखेका छन् ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५/२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने । हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।

२०७५ फाल्गुन २३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको