धर्मसंगै थाल्यो पुराण गिता हराउन
गौतम बुद्धसंगै राम र सीता हराउन ।
स्वाभिमान के हो भन्ने थालेसी बिर्सिन
केबेर लाग्छ ईज्जत र अस्मिता हराउन ।
चोकमा भाको सहिद सलिक चोर्न थालेपछि
सक्छ कोहि दिन लास राखेको चिता हराउन ।
अनेक थारी प्रलोभन र लालचमा परेपछि
पर्छ एक दिन हात परेको जित हराउन ।
एकापसमा लडाइँ गरि अशान्ती चर्किदा
थालेको छ शान्ति देशको गित हराउन ।
प्रतिक्रिया दिनुहोस