प्रशासनले बचायो रुकुमकोट तर गुम्दैछ रुकुम पुर्ब


धनवहादुर बुढा मगर । जहाँ दमन हुन्छ त्यहाँ बिस्फोट हुन्छ । पुस्तौंदेखि रुकुम पुर्बका दुर्गम बस्तीका मानिसहरू चुनावको बेला भोट हाल्न मात्र प्रयोग भए बदलामा तिरस्कार बाहेक केही पाएनन र केही मागेनन पनि । परिस्थितिले कोल्टे फेर्दै जादा एउटा आशा पलायो जिल्ला सदरमुकाम सबैको लागि सहज स्थानमा होस भन्ने कुरा । तर त्यसलाई पनि जबरजस्ती बलपुर्बक खोसिदै छ । ती बस्तीलाई किन तिरस्कार गरिदै छ ? के ती बस्तिका मान्छे नेपाली नागरिक होइनन ? के तिनिहरु लाई अधिकार चाहिदैन ? आदि प्रश्न जनमानसमा उठ्नु गलत होइन ।

हामी चाहन्छौं शान्तिपूर्ण तरिकाले बार्ताद्वारा समस्य हल होस । बार्ताकै लागि तत्कालीन सदरमुकाम मुसिकोट खलङ्गाबाट भुपु स्थानीय बिकाश मन्त्री केसरमान रोका लगायत चार जना रुकुमकोट आउदै थिए तर स्थानीय मानिसहरूले कुटपिट गरिदिए र प्रशासनले अनिश्चित कालिन कर्फ्यु लगायो । अनि भत्कियो बार्ता को बाताबरण ।

ती बस्तीहरु जिप्रका तोडफोड गर्न र रुकुमकोट बासिन्दालाई लुत्न वा लखेत्न आइरहेका थिएनन । मात्र बोल्न पाउने र माग गर्न पाउने अधिकार प्रयोग गर्न खोजेका थिए । तर त्रसियो रुकिमकोट, अनि चार किल्ला तोकेर कर्फ्यु चलाइ दियो । हजारौंको सङ्ख्यामा शुरुक्षाकर्मी खटाइयो । आकाशमा हेलिकप्टर गस्ती गराइयो । नाका नाकामा युवा तैनाथ गरियो । म सोध्न चाहन्छु : किन त्रसियो रुकुमकोट ? यो द बल २०३२ सालमा कहाँ थियो ? किन देखाएन पाखुरा ? पन्चायत काल मै किन लुटायो सदरमुकाम ?

अहिले रुकुम पुर्ब को पुर्बी क्षेत्रले नैसर्गिक अधिकार खोज्दै रुकुमकोट तर्फ हिडेको थियो तर त्यसलाई पनि खोसीदियो । संजालमा नदेखिएका अदृश्य शक्तिहरुको भरोसाले रुकुमकोटलाई मलजल गरिरहेको प्रष्ट छ । अहिले त जनताले दिएको मत फिर्ताको हस्ताक्षर मात्र चलेको छ, भोलि राजिनामाको माग हुन सक्छ त्यहाँ । राणा, पन्चायत र राजालाई फाल्न सक्ने जनताले जनबिरोधि प्रतिनिधिहरुलाई पनि फाल्न सक्ने हेक्का राख्दछन् ।

यतिबेला कोहि प्रतिनिधि सभा सदस्य, कोहि प्रदेश सदस्य, कोहि सभामुखको जस्तो गरिमामय पदमा बिराजमान होइबक्सन्छ, ती स्थान आज जसरी अपमान गरिएको छ यी जनताले नै दिलाएका हुन् । सायद अन्तिम पनि हुन सक्छ ।

जनताको हितलाई भन्दा निजि स्वार्थलाई प्राथमिकतामा राखेर सोच्छ भने त्यो नेता वा जन प्रतिनिधि होइन त्यो त व्यापारी हो, ब्यापारिले सामाजिक काम र समाजलाई माथी उठाउन कहिल्यै सोच्दैन र सक्दैन ।

कसैले ब्यक्तिगत रुपमा प्रश्न गर्ला : तपाई कुन पक्षमा, रुकुमकोट वा गोलखाडा ?

मेरो जवाफ हुने छ : मेरो लागि रुकुमकोट उचित, मेरो नजिकै छ, मेरो लागि चाहिने सम्पुर्ण बस्तु सजिलै प्राप्त गर्न सक्छु । फेरि पनि म गोलखाडा कै पक्षमा उभिन्छु । कारण प्रष्ट छ, पिछडिएका बस्ती, समग्र भुगोलको केन्द्र, प्रयोग गर्न प्रयाप्त सार्बजनिक जमिन, बिकासबाट बन्चित । त्यसकारण म गोलखाडाको पक्षमा उभिएको हुँ ।

२०७५ माघ २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको