बिप्लवको मोर्चा मलेसियाले २४औ जनयुद्द दिवश मनायो, नयाँ कार्यसमिति चयन


समर्पण भट्टराई/माघ २३, मलेसिया । विप्लव नेतृत्वको प्रबास शाखा नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिति मलेसियाले बुधबार २४औ जनयुद्द दिवश सम्पन्न गरेको छ । यसै अबसरमा मोर्चाले आफ्नो संगठनको कार्यसमितिमा हेरफेर समेत गरेको छ ।

भेलाद्वारा २५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको जनाएको छ । मोर्चाले अध्यक्षमा विजय लामालाइ सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा मीन बहादुर सुनार ‘तुफान’, महासचिवमा सन्दिप खड्का, सचीवमा खगेन्द्र खड्का, कोषाध्यक्षमा रवि महरालाई नियुक्त गरेको छ ।

केन्द्रिय सदस्यहरु मनराज साही, ज्ञान बहादुर रावल, विशाल चनारा, शिव ढकाल, सैलेश यादव, कैलाश कार्की, नैन बुढा, प्रेम साउद, खगेन्द्र भट्टराई, युवि मिश्र, सन्तोष विश्वक्रमा, सुवास आरोही, सुरेश केसि, कमल खड्का चयन भएका छन् र अन्य ७ सदस्य थप गर्नेगरि नयाँ कार्यसमिति निर्माण भएको छ ।

मोर्चाको कार्यलय टिममा समर्पण भट्टराईलाई मनोनित गरेको छ भने बैकल्पिक कार्यलय सदस्यमा सन्तोष योन्जन तामाङलाई मनोनित गरेको छ ।

समर्पण भट्टराईद्वारा सन्चालन गरिएको कार्यक्रमको अध्यक्षमा नेपाली जनप्रगतिशिल मोर्चाका अध्यक्ष विस्फोट मगर रहनु भएको थियो ।कार्यक्रमको प्रमुख अतिथि मलेसिया पार्टी संयोजक महेश ओलि, विशेष अतिथिमा निवर्तमान महासचिव अर्जुन सुवेदी रहनु भएको थियो ।

मोर्चाका सचीव खगेन्द्र खड्काको स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा ३ जना सहिद परिवारलाई मोर्चाले सम्मान गरेको छ । सहिद पत्नी लाल कुमारी रोका, सहिद परिवार विजय हमाल र कृष्ण चौधरीलाई सम्मान गरेको थियो ।

प्रचण्ड बाबुराम जस्तो धोका विप्लव नेकपाले दिन नसक्ने भन्दै आफुहरु पुन सक्रिय भएर पार्टी र क्रान्तिमा होमिएको सहिद परिवारले मन्तब्यको क्रममा बताएका थिए ।

प्रमुख अतिथि महेश ओलिले मलेसियामा रहेको मोर्चा मजदुरको अधिकार र क्रान्तिको लागि निरन्तर एकतावद्द भएर प्रवासबाट प्रतिबद्ध भएर लागिपर्नु पर्ने बताउनु भयो । अर्का बिशेष अतिथि अर्जुन सुवेदीले जनयुद्धको उदस्य प्राप्तिको निम्ति निरन्तर संघर्ष आवश्यक भएको र मजदुरहरुप्रती सदैव मोर्चा जिम्मेवार भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

जोहोर क्षेत्रीय समिका अध्यक्ष सैलेश यादवले शुभकामना मन्तव्य दिनु भएको थियो । विविध कारणबस कार्यक्रम उपस्थित हुन नसकेको भन्दै मोर्चाका महासचिव सन्दीपले शुभकामना मन्तव्य पठाउनु भएको थियो, उक्त शुभकामना सन्देश निवर्तमान महासचिव अर्जुनले वाचन गर्नु भएको थियो ।

२४ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको