आफ्ना नेताको रिहाइ नभए युवा संगठन नेपालले कठोर आन्दोलन गर्ने चेतावनी


माघ २४, काठमान्डौ । युवा संगठन नेपालका केन्द्रिय सदस्य कुबेर र धादिङ्ग जिल्ला अध्यक्ष चट्टानलाई प्रहरीले बिनाकारण गिरफ्तारी गरेको भन्दै संगठनले घोर भर्त्सना गरेको छ ।

संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगली द्वारा एक प्रेस बिज्ञप्ति जारिगर्दै गिरफ्तार परेका आफ्ना संगठनका नेता कुवेर र चट्टान लगाएत देशका विभिन्न ठाउबाट गिरफ्तार गरेकाहरुलाई बिनासर्त रिहाइ गर्न जोडदार माग गरेका छन् ।

नागरिकको मौलिक हकको हननगरि धरपकड बढाउदै गए, राज्य सत्ताका बिरुद्द संगठनले चरणबद्द संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

केपी-प्रचण्ड सरकारले नागरिकको बोल्न, लेख्न र शान्तिपूर्ण राजनीति गर्न पाउने अधिकारबाट बन्चित गरेको युवा संगठन नेपालले आरोप लगाएको छ ।

सांगठनिक अभियानको क्रममा धादिङ्ग पुगेका कुवेर र चट्टानलाइ प्रहरीले गिरफ्तार गरेको थियो ।

हेर्नुहोस बिज्ञप्ति:

२०७५ माघ २४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको