सल्यानका गाउँगाउँमा विप्लव नेकपा: एकैदिनमा २१३ सदस्यको २१ संगठन निर्माण


खकेन्द्र केसी/माघ २४, सल्यान । सल्यानमा विप्लव नेतृत्वको नेकपा गाउँगाउँमा पुगेर संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।

यतिखेर नेकपाले जिल्लाको छत्रेश्वरी, कुमाख, दार्मा गाउँपालिका र बागचौर नगरपालिकामा संगनठ सुदृढिकरण तथा विस्तार अभियानलाई अगाडी बढाएको छ ।

मंलबार मात्रै उक्त स्थानीय तहमा १७ वटा संगठन बनाएको नेकपाले बुधबार २१ वटा संगठन निर्माण गरेको छ । जसमा २१ संगठनका जम्मा सदस्य २१३ जना रहेका छन् ।

बगचौर नगरपालिका ५ मा पुर्ण चन्द सेक्रेटरी रहेको ११ सदस्यीय वटा कमिटी निर्माण गरिएको छ । सोहि वडामा रेशम परियारको अध्यक्षतामा ७ सदस्यीय युवा संगठनको वडा समिती निर्माण भएको छ ।

बानपा कै वडा नं. ३ मा लाल बहादुर रसाईको सेक्रटरीमा ११ सदस्यीय वडा कमिटी, गीता डिसीको अध्यक्षतामा १३ सदस्य महिला वडा कमिटी, खाली डाडामा अन्जु रससाईलीको अध्यक्षतामा १७ सदस्यीय महिला इकाइ समिती गठन गरिएको नेकपा सल्यानले जनाएको छ ।

उता कुमाख गाउँपािलकामा विशाल सेक्रेटरी रहेको ९ सहस्यी गाउँपालिका कमिटी निर्माण गरिएको छ ।

कुमाखकै २ मा नोखिराम चुनारा सेक्रेटरी रहेको ५ सदस्यीय वडा कमिटी निर्माण भएको छ । तिलक परियारको अध्यक्षतामा १३ सदस्यीय दलित मुक्ती मोर्चा २ नम्बर वडा कमिटी गठन भएको छ । वडा नम्बर २ को कोटबारामा उमा परियारको अध्यक्षतामा २१ सदस्यीय महिला इकाइ समिती र खत्री टोलमा रुपकली सुनारको अध्यक्षताम १५ सहस्यीय महिला इकाइ समिती बनेको जनाइएको छ ।

कुमाखकै वडा नम्बर ४ मा पनि मुना विकको अध्क्षतामा १७ सदस्यीय वडा समिती बनेको छ । टिकाराम विकको अध्यक्षतामा ७ सदस्यीय दलित मुक्ती मोर्चा वडा कमिटी निर्माण भएको छ । सुरेश नेपालीको अध्यक्षता ९ सदस्यीय युवा संगठन पनि निर्माण भएको छ ।

यसरी यी स्थानीय तहमा कमिटी बनाइरहदा छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ४ हारिचारमा गोपाल खड्का सेक्रेटरीमा ५ सदस्यीय पार्टीको सेल कमिटी निर्माण भएको छ । हारिचारमै मिना वलीको अध्यक्षतामा ७ सदस्यीय महिला इकाइ समिती निर्माण गरिएको नेकपा छत्रेश्वरी कमिटीले जनाएको छ ।

छत्रेश्वरीको वडा नम्बर ४ जयचौर बजारमा कोण सभा समेत भएको थियो । सभामा दैलेख जिल्ला इन्चार्ज विवेक, छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोप बहादुर केसी लगाएतले मन्तव्य राखेका थिए । उनिहरुले आफ्नो पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिलाई साथ दिन पनि आग्रह गरेका छन् ।

त्यसैगरी दार्मा गाउँपलिका वडा नं. ५ मा मित्रमनी खड्का सेक्रेटरी रहेको ९ सदस्यीय वडा कमिटी बनेको नेकपा दार्माले जनाएको छ । यहाँ अम्बर बहादुर खड्का प्रमुख रहेको ५ सदस्यी जनपरिषद नेपाल गठन भएको छ । जसलाई जनसत्ता पनि भनिन्छ ।

दार्माको वडा ५ मै थल बहादर वलीको अध्यक्षतामा ९ सदस्यीय युवा संगठन पनि निर्माण भएको छ । यहाँ दिपक वली संयोजक रहेको ५ सदस्यीय किसान समिती निर्माण गरिएको जनाइएको छ ।

वडा नम्बर ५ को जलेखर्कमा पनि विनोद केसी संयोजक रहेको ९ सदस्यीय युवा इकाइ समिती निर्माण भएको छ । वडा नम्बर ६ मा कल्पना खड्का संयोजक रहेको ९ सदस्यीय महिला वडा समिती निर्माण भएको नेकपा सल्यानले जनाएको छ ।

यसरी जिल्लाको विभिन्न ठाउँमा संगठन विस्तारको लागी टिम छुट्याएर प्रशिक्षण दिईरहेको नेकपा सल्यानका इन्चार्ज विश्वले जानकारी दिएका छन्।

संगठन विस्तार तथा सुदृढिकरण अभियान र प्रशिक्षणको लागी नेकपाका केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा संघका केन्द्रीय अध्यक्ष पाटन, अनेमा संघ राप्ती व्युरो संयोजक हेमन्ता, नेकपाका सल्यान जिल्ला सदस्य टाईगर, मोहन पुरुष, टोप बहादुर केसी लागएतको टिम गाउँ गाउँमा खटिएका छन् ।

उनिहरुले जनतालाई आफ्नो पार्टीको एकीकृत जनक्रान्तिलाई साथ दिन आग्रह पनि गरेका छन् ।

२४ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको