मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?


माघ २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ ।

पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए ।
बिहिबार काठमाडौँ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहिबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ ।

२४ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको