रेडक्रसको सहकार्यले नमुना काम गर्ने जोस जाग्यो: अध्यक्ष सेजुवाल


असार १६, कालिकाेट । नेपाल रेडक्रस साेसाइटी सघ समन्वय र सहकार्य गरि काम गर्दा थप नमुना काम गर्ने जाेस र जागर जागेकाे गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताएका छन । जिल्ला कार्यक्रम अधिकृत टेकम वलीकाे समिक्षा प्रस्तुति करणकाे समीक्षा गर्दै धन्यवाद समेत दिए ।

नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्लाकाे पचालझरना गाउपालिकामा संचालनमा रहेकाे स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियाेजनाकाे अर्धवार्षिक समीक्षा कार्यक्रममा यस्ताे बताएका हुन । मिटर सहितकाे एक घर एक धारा जिल्लाकै नमुना अायाेजनाकाे रुपमा सिकाइ हुने उनकाे भनाइ थियाे ।

गाँउपालिका अध्यक्ष सेजुवालले थपे रेडक्रसले सिकाएका कुराहरु अाफैमा नमुना रहेकाेमा यस गाँउपालिकाले स्वास्थ्य र खानेपानी र सरसफाइ तथा स्वच्छतामा लिएकाे लक्ष्यमा पुरक हुने उनकाे भनाइ थियाे । याे बर्ष नेपाल रेडक्रस साेसाइटी सघ खानेपानी र सरसफाईकाे लागि गाँउपालिकाले १ कराेड रुपैया साझेदारी समेत गरेकाे छ ।

कार्यक्रममा सहभागिले रेडक्रसले यस गाँउपालिकामा देखाउन खाेजेकाे कामकाे प्रशंसा समेत गरे । स्वास्थ्य चाैकी बदालकाेटमा कार्यरत अहेव धर्मराज न्याैपाने भने स्वास्थ्यका हरेक गतिविधि सेवा क्षेत्रमा सकारात्मक परिवर्तन साथै सेवा लिनेकाे संख्यामा बृद्धि अाएकाे छ । हामी उहाँहरुकाे काम गर्ने शैलिकाे प्रशंसा गर्छाै भन्दै रेडक्रसलाइ धन्यवाद समेत दिए ।

ब्यवस्थापन समिति सदस्य अनुरुप राेकायकाे अध्यक्षतामा संचालित कार्यक्रमकाे संचालन लेखा तथा प्रशासन सहायक तपेन्द्र शाहिले गरेका थिए ।

१६ असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको