पत्रकार गणेश विकलाई ५ दिन म्याद थप


पुस २३, काठमाडौँ । पत्रकार गणेश बिकलाइ ५ दिनकाे म्याद थप गरेकाे छ ।

बझाङमा घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागुऔसधको कारोबार हुने गरेकोबारे समाचार साईपल पोष्ट डटकममा प्रकाशित भएको विषयलाई लिएर यही पुस १९ गते चैनपुरबाट प्रहरीले बि.क.लाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

उनलाइ गत शनिवार बझाङबाट काठमाडाैंल्याइ महानगरिय प्रहरी परिसर, टेकुमा राखिएकाे छ। उनलाई आइतवार काठमाडौं जिल्ला अदालतबाट म्याथ गरी हिरासतमा राखिएको हो । उनी समाचार संकलनकै अवस्थामा उनलाई गिरफ्तार गरिएको थियो । गणेश साईपल पोष्ट डटकमका प्रबन्ध सम्पादक हुन् ।

पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आईरहेका थिए ।प्रकाशित समाचारबारे चित्ता नबुझे वा पीडित पक्षले कानूनी उपचारको बाटो अपनाउन चाहेको खण्डमा सरकारको आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल अस्तित्व रहेकै अवस्थामा प्रहरीले गिरफ्तार गरेर कानून उल्लंघन गरेको भन्दै चौतर्फी विरौध जारी रहेको छ ।

२३ पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको