कविता कृति ” भोकको लय विमोचन


युएई|कवि कृष्ण विश्वकर्माको कविता कृति “भोकको लय ” बरदुबईको एभरेस्ट क्लब अस्टोरियाको सभा हलमा तीन सयको हाराहारीमा उपस्थिति दर्शकहरुको माझमा मिति २० पौष २०७५ मा भव्यताका साथ विमोचन भएको थियो ।

सिर्जना वाचन डबली, यूएई ले आयोजना गरेको विशेष १५औं साहित्यिक तथा सांगीतिक शृङ्खलामा सोही डबलीका संस्थापक सदस्य तथा सगरमाथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कवि कृष्ण विश्वकर्माको कविता कृति ” भोकको लय ” कार्यक्रमका सभापति टक गुरुङ, प्रमुख अतिथि नेपाली राजदुतावास यूएईका महामहिम सागर प्रसाद फुँयाल , विशिष्ट अतिथि डिडिए ग्रुपका निर्देशक डा. दिनेश आचार्य , विशेष अतिथि चन्द्र प्रसाद सापकोटा दूतावासका श्रम काउन्सिलर भेष बहादुर कार्की, श्रम सहचारी मोतिराम भुषाल , गैर आवासीय नेपाली संघका एनसिसि महासचिव कृष्ण पौडेल , जन प्रगतिशील मञ्च यूएईका अध्यक्ष बाबुराम विश्वकर्मा, अन्तरास्ट्रिय कलाकार समाज यूएईका अध्यक्ष रेखा घिमिरे लगायत एक दर्जन भन्दा बेशी विभिन्न संघ-संस्थाका अतिथि ज्यूहरु र कृतिका कवि स्वयंबाट संयुक्त रुपमा विमोचन गरिएको थियो ।

कविताको विमोचन पश्चात् कवि तथा कुशल समालोचक तथा बहुरंगवादका प्रणेता समदर्शी काइँला ज्यूले कृति उपर सार्गर्भित छोटो समीक्षा राख्दै भन्नू भयो – ” झापाबाट भोक कविताको साहित्यिक आन्दोलन वि.सं. २०३९ सालतिर अग्रज अभियन्ताहरु कृष्ण धारावासी, भवानी घिमिरे , राजेन्द्र परदेशी, प्रकाश बुढाथोकी, इन्द्र कुमार श्रेष्ठ’सरित’ यज्ञ प्प्रसाईँ लगायतले गर्नु भएको थियो । उक्त आन्दोलनको अर्थपूर्ण, सौन्दर्यपूर्ण र कलापूर्ण तन्काइ हो – “भोकको लय ” । समीक्षाको अन्त्यमा थप्दै भन्नु भयो – यसले मूलत: मानवमूल्यको सम्यक् स्थापनाको खोजी गर्छ । ईश्वरको मृत्युको घोषणामा हस्ताक्षर गर्छ अनि विसंगति विरुद्ध गति छोड्छ ।

कविता कृतिका कवि स्वयंले कविता कृतिमा संग्रहित कविता ” हिँड्दा-हिँड्दै ” वाचन गरेर सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई स्तब्ध बनाएका थिए भने सिर्जना वाचन डबलीका अन्य धेरै साहित्यकारहरुले कविता, गजल, मुक्तक वाचन गरेर माहोललाई अखै थप रौनकता भरेका थिए ।

यूएईमा कृयाशील साहित्यकारहरुले ३२ महिना अघि स्थापना गरेका सिर्जना वाचन डबलीको यो १५ औं विशेष शृङ्खला थियो । यो शृङ्खलाको अर्को मुख्य आकर्षण चर्चित गायक राज सिग्देलको एकल गायन थियो । एकल गायन शुरुहुनु पूर्व कर्ण प्रिय आवाजका जादुगर तथा बुलबुल/ श्रुति संवेगका प्रस्तोता अच्युत घिमिरे बुलबुल र डिडिए ग्रुपका निर्देशक डा. दिनेश आचार्यलाई वहाँहरु दुबैले क्रमशः साहित्य सेवा र समाज सेवामा पुराउदै आउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै सिर्जना वाचन डबलीले ताम्रपत्र सहित दोसल्ला ओढाएर अभिनन्दन गरेको थियो । त्यस्तै तनहुँ सेवा समाज यूएइले गायक राज सिग्देललाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

कार्यक्रममा विभिन्न संघ-सस्थाको बाक्लो उपस्थिति थियो । पत्रकार तथा फोटोग्राफरहरुका उपस्थितिले अझै थप रंगीन र आकर्षक देखिएको उक्त विशेष शृङ्खला सिर्जना वाचन डबलीकै संस्थापक सदस्य जे. सागरले गरेका थिए ।

२०७५ पुष २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको