दाङमा बस दुर्घटना हुँदा ७ जना यात्रु घाइते


पुस २३, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ७ उच्चानिम्बुमा बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।

बुटवलबाट महेन्द्रनगर जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बस पट्टा भाँचिएर दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

दुर्घटना घाइते भएका सातै जनाको लमही स्थित फलोरेन्स अस्पतालमा उपचार भइरहेको छ ।

२०७५ पुष २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको