निगमका पूर्वकार्यकारी गोपाल खड्काविरूद्ध भ्रष्टाचार मुद्दा दायर


पुस २३, काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गोपालबहादुर खड्काले १८ करोड ६६ लाख पाँच हजार रूपैयाँ बराबर अकुत सम्पत्ति जोडेको दाबी सहित सोमबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो।

त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्न पनि अख्तियारले विशेषसँग माग गरेको छ।

उनी रहेको २७ करोड ३० लाखको ७५ हजार सम्पत्ति मध्ये वैध आय जम्मा ८ करोड ६४ लाख ६९ हजार भएको अख्तियारले जनाएको छ।

उनले आयल निगमको कार्यकारी निर्देशक भैसकेपछीका ६ वर्षमा पुर्ख्यौली बाहेकका ३वटा घर बनाएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। अख्तियारका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेका छन्।

खड्काले घरजग्गा खरिदमा मात्र ११ करोड ६१ लाख ४३ हजार लगानी गरेको अख्तियारले जनाएको छ।

२०७५ पुष २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको