वाइडवडी प्रकरण: पर्यटनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्दै


पुस २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएको २ वाइडबडी विमान खरिदबारे उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । त्यसका लागि उनले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

वाइडबडी खरिदबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको समितिले मन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई दोषी देखाएको छ । छानबिन समितिको निष्कर्षपछि मन्त्रीले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला अधिकारीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

कतिपयले सोमबार आयोजना हुने पत्रकार सम्मेलनबाटै मन्त्रीले राजीनामा दिनसक्ने बताए पनि अधिकारीको सचिवालयले विमान खरिदबारे प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ ।

२०७५ पुष २३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको