उपराष्ट्रपति पुनले भेटे प्रधानमन्त्री


मंसिर २० काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेका छन्।

९ दिनको अस्पताल बसाईपछि बिहिबार बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीलाई भेट्न उपराष्ट्रपति पुन बालुवाटार गएका हुन्। उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेर फर्किएका थिए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्रमा रहँदा प्रधानमन्त्री ओलीलाई परिवारका सदस्य, सचिवालय र सल्लाहाकार समूहका सदस्य बाहेक राष्ट्रपति विधादेवी भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहालले मात्रै भेटेका थिए ।

उपराष्ट्रपति पुनलाई प्रधानमन्त्रीले भेट दिए पनि अन्य कुनै राजनीतिक भेटघाट भने नगरेको र दिनभरि नै आराम गरेको सचिवालयले जनाएको छ ।

२० मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको