सल्यानबाट दाङ जाँदै गरेको बस दुर्घटनामा १३ जना घाइते


मङ्सिर २०, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार छत्रेश्वरी गाउँपालिका ४ बाट दाङ तर्फ छुटेको ना ५ ख २८९० नम्बरको बस कपुरकोट गाउँपालिका ५ स्थीत अरिंगयालेफेदी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई श्रीनगर स्थीत कान्तीपुर सामुदायीक अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले दिएको जानकारि अनुसार घाइते मध्ये ८ जना उपचार पश्चात घर गईसकेका छन् भने अन्य ५ जनाको उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा शानपा १ निवासि १९ वर्षिय प्रकाश रावत, छत्रेश्वरी ३ निवासि १७ वर्षिय जानकी पुन, दाङ शान्तिनगर ६ निवासि ४५ वर्षिय हिर्मि पुन, दाङ तुलसिपुर ९ निवासि ३७ वर्षिय शारदा चौधरी, तुलसिपुर ३ निवासि ५३ वर्षिय टिका गुरुङ रहेको कान्तीपुर सामुदायीक अस्पतालले जनाएको छ ।

अन्य घाइतेहरुमा छत्रेश्वरी ४ निवासि ६६ वर्षिय वेद बहादुर खत्री, दाङ दंगीशरण ४ निवासि ४३ वर्षिय एकलाल खड्का, दंगीशरण ६ निवासि ४२ वर्षिय उमा पुन, दंगीशरणकै ३ नम्बर वडा निवासि २४ वर्षिय भिमसेन केसी, छत्रेश्वरी ३ निवासी १८ वर्षिय दिपक गिरी, ३१ वर्षिय चन्द्र बहादुर थापा, शान्तिनगर ६ दाङ निवासि ५६ वर्षिय लक्ष्मी खत्री, तुलसिपुर ६ निवासि २० वर्षिय विनोद वस्नेत रहेका छन् ।

२० मंसिर २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको