विनोद डाँगी/मङ्सिर २०, रोल्पा । ग्लोबल आइएमई बैकं लिमिटेडको शाखा रोल्पामा मात्र ६ वटा भएको छ । यसबाहेक बैकंको १ एक्सटेन्सन काउन्टर, दुई मालपोत काउन्टर र १० वटा शाखा रहित बैकिंग सेवा समेत सुचारुमा रहेका छन ।
ग्लोबल आइएमई बैकं नेपाल लिमिटेड र जनता बैकं नेपाल लिमिटेडले मर्जर पछि आजबाट संयुक्त कारोबार सुरु गरेसगैं रोल्पामा बैकंको शाखा संजाल सबैभन्दा धेरै भएको हो । ग्लोबल आइएमई बैकंले जनता बैकंलाई गाभेपछि हाल देशभर रहेका जनता बैकं अब ग्लोबल आइएमई बनेका छन । हाल ग्लोबल आइएमई बैकको रोल्पामा लिबाङ, सुलिचौर, होलेरी, परिवर्तन गाउपालिकाको पुतलाचौर, सुकिदह र थबाङमा शाखा रहेका छन भने घर्तिगाउमा एक्सटेन्सन काउन्टर समेत रहेको छ ।
रोल्पामा रहेका अन्य बैकंको तुलनामा बैकंको संजाल धेरै भएको छ । संयुक्त कारोबार सुरु भएसंगै आम ग्राहकहरु खुसि भएका छन । गाउगाउमा बैकं पुगेसंगै वित्तीय साक्षरतामा समेत बृद्दि भएको छ । सदरमुकाम नै आउनु पर्ने बाध्यता हटेको छ भने खर्च समेत कम भएको छ । आम मानिसमा बैक प्रतिपनि विश्वास बढेर गएको थवाङ गाउपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त रोकाले बताउनु भयो । ग्लोबल बैकंमा रहेका ग्राहकहरुको खाता नं पुरानो नै रहनेछ भने साविकको जनता बैकंमा रहेको खाता नं बदलिएर नयाँ बन्नेछ । उक्त खाता नं पाउन आफ्नो पायक पर्ने नजिकैको ग्लोबल आइएमई बैकंमा गएर लिन बैकंले आग्रह समेत गरेको छ ।
राष्ट्र बैकंको नितीअनुसार विग मर्जरमा गएपछि दुई बैकं गाभिएर ग्लोबल आइएमई बैकंको नामबाट संयुक्त कारोबार सुरु गरिएको छ । आजकै दिनबाट ग्लोबल आइएमई बैकं नेपालको सबैभन्दा धेरै पुजी भएको बैकं पनि बेनको छ । मर्जर पछि बैकंको कुल चुक्ता पुजी १९ अर्ब, प्राथमिक पुजि २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्व भएको छ । हालसम्म बैकंको ७७ वटै जिल्लामा ३० को हाराहारीमा शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैकिंङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा ३ वटा प्रतिनिधि कार्यालय गरी कुल ८३८ संजाल रहने छ । बैकंमा हाल ३ हजार २५० भन्दा बढि कर्मचारी र २० लाख ग्राहक रहेका छन ।
प्रतिक्रिया दिनुहोस