आज काठमाडौंमा सवारी आवागमन प्रभावित हुने


मंसिर २०, काठमाडौं । दक्षिण एसियाली खेलकुद(साग)का कारण आज (शुक्रबार) काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालन प्रभावित हुने भएको छ ।

सागअन्तर्गत बिहान ९ बजेदेखि चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म ‘साइक्लिङ रेस च्याम्पियनसिप’ हुने भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

यसैकारण आज कलंकी-कोटेश्वर सडकखण्डमा ओहोरदोहोर गर्दा सर्भिस लेन प्रयोग गर्न पनि महानगरिय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ। चक्रपथमा गाडी चलाउँदा ख्याल गर्न र सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।

यस्तै शनिबार पनि कलंकीदेखि भक्तपुरको सूर्यविनायक सडकखण्डमा खेल हुनेछ । तसर्थ शनिबार कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि गठ्ठाघर, सल्लाघारी हुँदै जगाती जाने गाडी चालकलाई जडिबुटी, पेप्सीकोला, पुरानो ठिमी, व्याँसी, कमलविनायक, च्यामसिंह हुँदै जगाती जान पनि ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

अति जरुरी नभए गाडी नै नचालाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

२०७६ मंसिर २०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको