नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण


मंसिर २०, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । रोल्पाकी निमाले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् ।

नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् । सागमा नीमाले जितेको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन् ।

यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ ।

२०७६ मंसिर २०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको