इन्द्र बुढाथोकी/कार्तिक २०, सल्यान । उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनलाइ सल्यानमा भव्य स्वागत गरिएकाे छ ।
नेपालगन्जबाट भेरी भदिकाे करिडाेर हुँदै सल्यानकाे पश्चिम क्षेत्रमा पर्ने सल्लीबजारमा आएका मन्त्री पुनलाइ भव्य स्वागत गरिएकाे हाे ।
बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, नगरपालिका कर्मचारी, नेकपा नगर पार्टी लगाएत स्थानीयले भव्य स्वागत गरेका हुन् । उनिहरू सल्लीबजारकाे मुख्य सडकमै मन्त्रीलाइ स्वागत गर्न लाइन लागेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले अबको ३ वर्षमा नेपाल पुर्ण रुपमा बिधुती करण हुने र त्यसमा सल्यान पनि पर्ने बताएका छन । भेरी करि डोरमा विकासको अवस्था बुझ्न र भेटघाटको लागि आफुहरु आएको र अब भेरी करिडोर अन्तर्गतका फाँटहरुमा लिफ्ट, सतह, एकीकृत सिचाँइको योजना बनाए र भेरी किनारका फाटहरुमा सिचाइको व्यवस्था गर्ने उनले बताएका छन ।
पहाडका बस्तिहरुमा पनि विकासको सम्भावना बढदै गएकाले अब बसाइँसराइ गरेर तराई झर्ने समस्या अन्त्य हुने बताएका छन । दार्मा गाउँपालिकाकाे फारुलामा आज हुन लागेकाे बिजुली बत्ती उद्घाटनकाे लागी नेपालगन्जबाट भेरी करिडाेर हुँदै दिउँसाे १ बजे सल्लीबजार पुगेका मन्त्री पुन त्यहाँबाट फारूला पुगेका छन् ।
सल्लीबजारमा भएकाे स्वागत कार्यक्रम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री राजनीति सल्लाहकार भिमप्रकाश शर्मा, नेपाल सल्यान जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, नेकपा नेता रमेश मल्ल लगाएतको उपस्थिति रहेको थियाे । कार्यक्रमको सहजीकरण नगर पार्टी अध्यक्ष किर्ती बहादुर रानाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस